adv
adv

किरात राई विद्यार्थी संघ झापाद्वारा भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । किरात राई विधार्थी संघ जिल्ला कार्य समिति झापाले आसन्न २०७८ मा सम्पन्न हुने १२औ राष्ट्रिय जनगणनामा किरात राईहरुको सहि तथ्यांक कसरी लेख्ने र लेखाउने भन्ने सन्दर्भमा एक दिवसिय भर्चुअल अभिमुखिकरण तथा अन्तर संवाद कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार संघले झापा जिल्ला र छिमेकी जिल्लाहरु इलाम, पाचथर, मोरङ, सुनसरी लगायतका जिल्लाका किरात राई विधार्थी संघ र किरात राई यायोक्खाका नेता तथा कार्यकर्ताहरुबीच प्रतिनिधिमुलक रुपमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमलाई किरात राई प्रज्ञा परिषदका प्राज्ञ तथा कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार गणेश राई ज्युले श्रोत व्यक्तिको रुपमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमको संयोजक केनिज दुमी राईको सन्चालन र किरात राई बिधार्थी संघ झापा जिल्लाका अध्यक्ष सुनिल हाताचो राईको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा किरात राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै किरात राई यायोक्खाका १ नम्बर प्रदेश अध्यक्ष पारषमणि राई र किरात राई विद्यार्थी संघका पूर्व उपाध्यक्ष दिपेन बाला राई, संघका केन्द्रीय उपाध्यक्ष सुसन राई, महासचिव अन्जिलहाङ किराँती, सचिव अशोक राई लगायतको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय योजना आयोगअन्तर्गत रहेको केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना वि।सं।१९६८ देखि लिदैआएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ नारा सहित १२ औं राष्ट्रिय जनगणना २०७८ जेठ २५ गतेदेखि असार ८ गते १५ दिनभित्र सम्पन्न हुनेछ ।

जनगणनामा प्रत्येक व्यक्ति, परिवारको आर्थिक, सामाजिक पक्ष समेटिनेछ । व्यक्तिलाई नाम, थर, लिंग, उमेर, वर्ग, जात–जाति, मातृभाषा, पुख्र्यौली भाषा र दोस्रो भाषा, धर्म, अपांगता, शिक्षा, बसाइँसराइँ, आर्थिक, प्रजननलगायत पक्ष खुलाइने छ । त्यसैगरी परिवारले उपभोग गरेको जग्गाजमिन र क्षेत्रफल, महिलाको स्वामित्व, घरको किसिम, चर्पी, खाना पकाउने इन्धन, टेलिभिजन, मोबाइल फोन, पिउने पानी, बिजुली बत्ती, पालेका पशु र पक्षी, घरेलु व्यवसाय लगायतको लगत लिइनेछ ।

उक्त कार्यक्रममा सहजीकरण गर्दै प्राज्ञ राईले राष्ट्रिय जनगणना २०७८ मा सम्पूर्ण किरात राईहरुले जातिको महलमा ‘राई,’ थरको महलमा अठ्पहरिया, कुलुङ, कोयुरकोयी, खालिंङ, चाम्लिङ, छिलिंङ, छिन्ताङ, जेरो, तिलुंङ, थुलुङ, दुमी, दुङमाली, देवास, नाछिरिङ, पुमा, बान्तावा, बाहिङ, बुङलावा,नेवाहाङ, बेलहारे, मेवाहांङ, याम्फु, लोहोरुंङ, वाम्बुले, साम्पाङ आदि, धर्मको महलमा ‘किरात,’ मातृभाषामा आ–आफ्नो मातृभाषा र दोश्रो भाषामा छिमेकीको कुनै एक भाषा लेख्न लेखाउन किरात समुदायका सबै अगुवाहरुलाई अनुरोध र अपिल गर्न सुझाउनु भयो ।

यसका साथै किरात राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राईले २०७८ को जनगणनामा ‘पुख्र्यौली भाषा’ भनेर नया लगत उल्लेख गरेको प्रती आपती व्यक्त गर्दै शब्दकोशमै नभएको उक्त लगत हाम्रो समुदायलाई झुक्याउने र फेरी पनि षडयन्त्रपूर्वक खस नेपाली भाषाकै पक्षपोषण र बर्चस्व कायम गर्ने गरि ल्याएको बताउदै चनाखो भएर यस्तो षडयन्त्रको भण्डाफोर गर्दै सबैलाई सचेत गर्न र उक्त विभेदित लगत खारेजी गर्न पहल गर्न विधार्थी संघलाई अनुरोध गर्नु भयो ।

कार्यक्रमलाई समापन गर्दै संघका अध्यक्ष सुनिल राईले पछिल्लो समय शाषकहरुको फुटाउ र शासन गर भन्ने चलाखीपूर्ण रणनीति, विभिन्न सरकारी तथा गैह्र सरकारी सस्थाहरुको पैसा र प्रलोभन तथा किरात राई समुदायको सर्बोच्च मातृ संस्था किरात राई यायोक्खाले सबै किरात राई भाषिक तथा भात्री संगठनहरुलाई आवश्यक व्यवस्थापन र समन्वय गरि उक्त मन्चमा समावेशी र समानुपातिक तबरले सबै भाषिक समुदायको प्रतिनिधित्व हुन र गराउन नसक्दा प्रतिसोधको भावनाले किरात राई समुदायको थुप्रै थरगत र भाषिक समुदायहरु आज छुट्टै जातिको रुपमा सूचीकृत हुने क्रम बढ्नुका साथै सुचिकण अभियानमा लागेको बताउनु भयो ।

किरात राई समुदायमा राईकरणको विवाद कायमै रहेको बताउदै किरात राई यायोक्खा प्रदेस नम्बर १ का अध्यक्ष पारषमणि राईले जसरी २०५८ देखि २०६८ सम्ममा किरात राईहरुको जनसंख्या घटेर आयो अब तेसो हुन नदिन र सहि तथ्यांक संकलन गर्न र गराउन किरात राई विधार्थी संघले महत्वपुर्ण भूमिका निर्वाह गर्न अनुरोध गर्नु भयो ।

किराती एकताको लागि पहल गर्दै सबै किरात राई भाषिक समुदाय संग समन्वय गरि सहि तथ्यांक लेख्न र लेखाउनको लागि संघले पर्चा निर्माण र वितरण गर्ने, रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाईन, सामाजिक संजालमा सुचना सम्प्रेषण गर्ने, सिआरबिटी, पीआरबिटी निर्माण गरि प्रचार गर्ने, सही तथ्यांक लेख्न र लेखाउनको लागि समावेशी गणक र स्वयमसेवकहरु नियुक्ति र परिचालनको लागि राष्ट्रिय योजना आयोग, निर्बाचन आयोग, केन्द्रिय तथ्यांक विभाग, संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारको ध्यानाकर्षण गराउने साथै राज्य पक्ष केन्द्रीय तथ्यांक विभाग, संघ, प्रदेश, स्थानीय सरकारलाई जनगणनामा गणक र स्वयंसेवकहरु किरात राई जाति राख्न ध्यानाकर्षण गराउने र किरात राई विधार्थी संघले जनगणना अभियान टोली निर्माण गर्ने समेत संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राईले बताउनु भयो ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु