adv
Advertise Expired !

आज देशका केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै, २१  साउन । आज देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
पानी परेसँगै बाढी आउने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढलको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले अनुरोधगरिन्  । उनका  अनुसार राति र बिहानीपख देशका विभिन्न ठाउँमा ठूलो पानी पारेको प्रणाली अहिले कमजोर हुँदै गएकाले अब धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना कम छ ।
 
तर स्थानीय वायु पनि मिसिंदा कतै कतै भने एकैछिन ठूलो पानी पर्ने सम्भावना छ । नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा भने पानी नपर्न पनि सक्छ । यस्तै आज राति देशका धेरैजसो ठाउँको मौसम सामान्य बदली भई प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु