adv
adv

झापामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

झापा, २० साउन । झापामा आज मंगलबार थप आठ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट भएको परीक्षणमा संक्रमणको पुष्टि भएको हो ।

कचनकबल गाउँपालिकाका ३ जना, भद्रपुर ८ का १ जना, गौरिगञ्जका २ जना र दमकमा २ जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

उनीहरु सबै जना भारतबाट फकिएका हुन् । २ जना होम क्वारेन्टिनमा र ६ जना स्थानीय तहका क्वारेन्टिनमा बस्दै आएका थिए।

उनीहरुको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार हुने भएको छ । यो सँगै झापामा संक्रमितको संख्या ३ सय ८३ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु