adv
adv

मृत्यु भएको एक युवतीमा कोरोना संक्रमण पुष्टि

पर्सा । पर्सामा मृत्यु भएको एक युवतीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका ९ का १८ वर्षीया युवतीको गत सोमबार मृत्यु भएको थियो ।

पखाला लागेको उनलाई उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकाे थियाे ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार परिक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको हाे ।

ती युवतीको घर पोखरिया–८ जगतपुर हो । तर उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु