adv
adv

सुनकाे भाउ ताेलाकाे १ लाख नाघ्याे

काठमाण्डाै – सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेर एक लाख रुपैयाँ नाघेको छ । आज सुनको भाउ तोलाको एक लाख एक हजार चार सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढेका, सुनको उत्पादनमा कमी आएको, ठूला देशबीच द्वन्द्व बढेको तथा कोरोना सङ्क्रमणका कारण अस्थिरता बढेकाले सुनको भाउ निरन्तर बढिरहेको उहाँले बताउनुभयो ।

यस्तै अन्तर्राष्ट्रिय भाउमा नै भर पर्नुपर्दा नेपालमा सुनको भाउ महंगो भएको हो । यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ ।

चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु