adv

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा । झापाको कमल गाउँपालिका-५  टुक्रे नयाँ बस्तीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । गएराति आएका दुईवटा हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्तीले घर भत्काउन थालेपछि ज्यान जोगाउन भागेका रेग्मीलाई लखेट्दै लगेर घरभन्दा २० मिटर पर ज्यान लिएको हो।

झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले हात्तीको आक्रमणबाट रेग्मीको मृत्यु हुनुका साथै बाँसको टाटी र टीनको छानो भएको उनको घर पूर्णरुपमा क्षति भएको जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु