झापा ,२३ साउन । झापाको अर्जुनधारा नगरपालिकाले थप चार दिन नगर क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । बिहीबार बसेको नगरको बैठकले यस्तो निर्णय गरेको हो ।
नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि लकडाउन थप गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यस अघि साउन १८ गते बिहान ५ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।
नगर प्रमुख हरिकुमार रानाका अनुसार अर्जुनधारा नगर क्षेत्रमा पनि समुदायमा कोरोना भाइरस संक्रमित फेला परिसकेकाले थप समुदायस्तरमा फैलनसक्ने सम्भावना रहेको भन्दै उक्त निर्णय गरिएको हो ।