adv

सुनको मुल्य १ हजारले बढेर तोलाको १ लाख ३ हजार ५०० पुग्यो

काठमाडौँ ,२३ साउन । नेपाली बजारमा  सुनको मूल्य शुक्रबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको हो ।

बिहीबार सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको थियो। यसैगरी चाँदी पनि प्रतितोला ६० रुपैयाँले बढेर १४ सय ५ रुपैयाँ कामय भएको छ।

कोरोना महामारीका कारण सुनमा लगानी बढेकोले मूल्य आकाशिएको व्यापारी बताउँछन्। सुनको मूल्य बढेर प्रतितोला डेढ लाख सम्म पुग्न सक्ने व्यवसायीहरुको अनुमान छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु