मेचीनगर,२३ साउन ।झापाको मेचीनगर नगरपालिकामा पहिलो पटक समुदायस्तरमा कोरोना संक्रमण पुष्टी भएको छ ।
मेचीनगर सामाजिक बिकास समितिका संयोजक नबिन बरालका अनुसार संक्रमित मेचीनगर वडा नंं १० धुलाबारी बजारका १५ बर्षिय युवा रहेका छन् । उनी फुटबल खेलाडी हुन् ।
साउन १८ गते अतिथि सदन क्वारेन्टिनमा भएका ब्यक्तिहरुको स्वाब संकलन गर्दा ती युवालाई केही दिनदेखि ज्वरो आइरहेको भन्ने थाहा पाए पछि अतिथि सदनमा नै ल्याएर स्वाब संकलन गरिएको थियो ।
धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा परिक्षण गर्दा शुक्रवार उनको रिपोर्ट पोजेटिभ आएको हो ।संक्रमित युवालाई आइशोलेशनमा लैजाने तयारी भइरहेको छ।
योसंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ९१ पुगेको छ ।