adv

पर्साका एक जना मेयरसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज ,२४ साउन । पर्साका एक जना मेयरसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए।

शुक्रबार राति गरिएको परीक्षणमा सबै भन्दा बढी पर्साका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै बारा जिल्लाका दुई र सर्लाही जिल्लाका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहमा पनि शुक्रबार राति गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ। बहुदरमाई नगरपालिकाका ९ जना स्वास्थ्यकर्मीसहित त्यहाँका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीरगञ्ज १० का ६ जना, ११ का ४ , वडा नम्बर १६ का ४ तथा वडा नम्बर १२ का २ जनामा पनि कोरोना संक्रमण देखिएको छ । यस्तै पर्साको बिन्दबासिनी गाउँपालिकाका १ , छिपहरमाई गाउँपालिकाका २ जना, सेनाका १ जनामा समेत कोरोना संक्रमण देखिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु