काठमाडौँ, २४ साउन । नेपालमा आज थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा महाेत्तरीका १७ जना, सुनसरीका १० जना, माेरङका ४९ जना, सप्तरीका १ जना, धनुषाका २० जना, सर्लाहीका ३६ जना, बाराका ७ जना, पर्साका ५५ जना, काठमाडाैँका ५६ जना, ललितपुरका ३ जना, भक्तपुरका ३ जना, चितवनका २ जना, मकवानपुरका ६ जना, राैतहत ४ जना र सिन्धुलीका २ जनालाई कोरोना पुष्टि भएकाे हो।
यस्तै काभ्रेका ७ जना, रामेछापका ५ जना, धादिङका २ जना, दाेलखाका २ जना, नुवाकाेटका १ जना, कञ्चनपुरका ४ जना, बागलुङका १३ जना, कास्कीका ३ जना, म्याग्दीका १ जना, स्याङजाका ७ जना, बाँके ४९ जना, रुकुम पश्चिमका १ जना, बर्दिया १ जना, सुर्खेतका ३ जना, जाजरकोटका १ जना, बझाङका ३ जना र कैलालीका ४ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
यस्तै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ३१३ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४९९ जना संक्रमण मुक्त भएका छन् ।