झापा । झापाको अर्जुनधारा नगरपालिकाका थप दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना पुरुष रहेका छन् ।
नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतका अनुसार दोस्रो चरणमा गरिएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार १२७ जनाकाे स्वाब संकलन गरिएकामध्ये २ जनामा संक्रमण पुष्टि भएको हो ।
अर्जुनधाराको नगर स्वास्थ्य शाखाले समुदायमा संक्रमण भएको आशंकामा पछिल्लोपटक पीसीआर परीक्षणका लागि स्वाब संकलनलाई तिव्रता दिँदै आएको छ ।
अर्जुनधाराको क्वारेन्टाइनमा रहेका २५ जना र समुदायका १०२ जना व्यक्तिको स्वाब संकलन गरिएको थियो । जसमा क्वारेन्टाइनमा रहेका २ जना पुरुषको पीसीआर परीक्षण पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख बस्नेतले जानकारी दिए ।

