adv

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नजिक पुग्यो,आज थपिए ३८० जना संक्रमित

झापा,२५ साउन । नेपालमा थप ३८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गएको २४ घन्टामा थपिएका सङ्क्रमितको संख्यासंगै नेपालमा जम्मा सङ्क्रमितको संख्या २२ हजार ९७२ पुगेको हो।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५४४ रहेको छ।

गत २४ घण्टामा ४० जना कोरोना संक्रमित उपचारपछि निको भई घर फर्केका छन्।

हालसम्म निको हुनेको संख्या १६ हजार ३५३ जना पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु