बिर्तामोड,२५ साउन । झापाको बिर्तामोड नगरपालिकाले जारी गरेको लकडाउन हटाउने निर्णय गरेको छ । साउन १८ गते राती १२ बजेदेखि लागु गरेको लकडाउन आज राती १२ बजे देखि खुल्ला गर्ने निर्णय गरेको बिर्तामोडका मेयर धु्रव कुमार शिवाकोटीले जानकारी दिए ।
समुदायमा कोरोना संक्रमणको जोखिम बढेको आशंकामा नगरले दोस्रो पटक लकडाउन गरेको थियो । मास स्किृनिङ पछि जोखिमको अध्ययन गरेर लकडाउन खुला गरेको मेयर शिवाकोटीले जानकारी दिए । उनले अझै जोखिम रहेकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।
मेयर शिवाकोटीले नगरपालिकाले कोरोना संक्रमण जोखिमलाई ख्याल गरेर नागरिकप्रति जिम्मेवार रहेको जानकारी दिएका छन् । उनले नगरलाई सुरक्षित राख्न सबै किसिमका उपाय अपनाइने बताए ।
सबै नगरवासीलाई अनिवार्य मास्क प्रयोग गरेर मात्रै हिडडुल गर्न अपील गरेका छन् । व्यवसायीलाई उनले अनिवार्य स्वास्थ्य सुरक्षा अपनाउन सूझाव दिएका छन् ।