adv

दमक चोकमा पेरुङ्गो

दमक । लकडाउनले गर्दा व्यावसाय नै धराप भइरहेको बेला दमकमा भने पेरुङ्गो होटल सञ्चालनमा आएको छ । आज सोमबार देखि सेवा प्रदान गर्ने गरि पदम फियाक लिम्बु (बाटोघरे कान्छा)ले पेरुङ्गो सञ्चालनमा ल्याएका हुन् ।

दशक अघि देखि साहित्य क्षेत्रमा कलम चलाउदै आएका बाटोघरे कान्छा दमकमा कुरियर व्यावसाय सञ्चालन गर्दै आएका थिए । कुरियर सेवासँगै अब कान्छाले पेरुङ्गो होटल सञ्चालनमा ल्याएका हुन् ।

होटलमा मौलिक परिकारहरु वाचिप्पा, याङबेन, पेरुङ्गो डिक्स, सेकुवा, सुकुटी, तोङ्बा लगायतका परिकारहरु पाइने सञ्चालक बाटोघरे कान्छाले बताए । उनले भने होटलमा आएका ग्राहकहरुको सन्तुष्टिका लागि सेवा प्रदान गर्न पेरुङ्गो परिवार तयार रहेका छौं ।

सञ्चालकका आमा जीतमाया लिम्बूले रिबन काटेर होटलको उद्घाटन गरेकी थिइन् । उद्घाटन कार्यक्रममा पत्रकार महासंघ झापाका सदस्य अनिलदेव राई लगायतको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु