इलाम । योङहाङ समाज इलामले क्यान्सर विरामी विरवहादुर श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गरेकाे छ । फाकफोकथुम-७, साविक एकतप्पा खम्बुवा निवासी श्रेष्ठलाई आइतबार एक लाख ५५ हजार एक सय ८८ रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।
करिव एक वर्षयता क्यान्सर रोगी श्रेष्ठको बचाउ अभियानका लागि समाजले एक महिनादेखी आर्थिक संकलन अभियान सुरु गरेको थियो ।
अभियान अन्तर्गत देश तथा विदेशमा रहेका सहयाेग दाताहरुले आर्थिक सहयोग गरेका छन् । सो आर्थिक सहयोग रकम क्यान्सर पिडित श्रेष्ठलाई योङहाङ समाज इलामले हस्तान्तरण गरेकाे हाे ।
बिरामी हाल पूर्वाञ्चल क्यान्सर हस्पिटल विर्तामाेड झापामा उपचारकाे क्रममा रहेका छन् । उनी दमक नगरपालिका वडा नं. ३ ताराबारी डिकुमा बहिनी–ज्वाईँको घरमा बस्दै आएका छन् ।
समाजको टोली सोही ठाउँमा आइतबार पुगेर रकम हस्तान्तरण गरेको थियो ।