झापा,२६ साउन । झापाका आज थप ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
संक्रमितहरू भद्रपुर नगरपालिकाका २ जना पुरुष र १ जना महिला, गौरादह नगरपालिकाका ५ जना पुरुष र कमल गाउँपालिकाका १ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यलय झापाले जनाएको छ ।
योसंगै झापामा संक्रमितको संख्या ४०७ जना पुगेको छ ।