काठमाण्डाै ,२८ साउन । लगातार उकालो लागेको सुनको भाउ आज भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ आज तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको छ ।
हिजो तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ थियो । सुनको भाउमा एकैदिन धेरै रुपैयाँ घटेको यो पहिलो घटना हो । यस्तै चाँदी आज तोलामा २ सय २५ रुपैयाँ घटेर तोलाको एक हजार २ सय १० रुपैयाँमा झरेको छ ।