adv
adv

पत्रकार गणेश चाैधरी आक्रमणकारीलाई कारबाही गर्न फाेनिजकाे माग

काठमाडाै । पत्रकार गणेश चाैधरीलाई सांघातिक आक्रमण गर्ने समूहलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फाेनिजले कारबाहीकाे माग गरेेेेकाे छ ।

संघीय समितिले प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार चाैधरी माथि सांघातिक आक्रमण गर्ने ललित कडायत, शिशिर शाह र सुरेन्द्र शाही लगायतकाेे समुहलाई कारवाहिकाे माग गरेकाेे हाे ।

समाचार संकलनको क्रममा कैलालीको जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुर पुगेेेका फाेनिज संघीय समितिका सल्लाहकार समेत रहेका चौधरीमाथि सोहि ठाउँका ललित कडायत, शिशिर शाह र सुरेन्द्र शाही लगायतको समूहले सांघातिक गरेकाे जनाएकाे छ ।

प्रेस विज्ञप्ती जस्ताकाे तस्तै :

प्रेस विज्ञप्ति

हाम्रो संगठन नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज)का संघीय समिति सल्लाहकार गणेश चौधरीमाथि साउन २६ गते भएको सांघातिक आक्रमणप्रति फोनिज संघीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

समाचार संकलनको क्रममा कैलालीको जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुर पुग्नु भएका सल्लाहकार चौधरीमाथि सोहि ठाउँका ललित कडायत, शिशिर शाह र सुरेन्द्र शाही लगायतको समूहले सांघातिक आक्रमण गरेको भन्ने जानकारी प्राप्त भएको छ । यस घटनाले सिङ्गो फोनिज स्तव्ध, दुःखी एवं क्रुद्ध छ ।

समाचारको विषयमा चित्त नबुझे कानूनी माध्यमबाट समाधान खोज्न सकिने व्यवस्था हुँदाहुँदै श्रमजीवि पत्रकारमाथि सांघातिक आक्रमण गर्नु संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेको ठहर गर्दै फोनिज संघीय समिति उक्त आक्रमणको घोर निन्दा र भत्र्सना गर्दछ ।

अक्रमणमा संलग्न विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको दुई दिन बितिसक्दा समेत आरोपितहरु पक्राउ नपर्नुले प्रहरी प्रशासनको भूमिकाप्रति आशंका बढाएको छ । आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कानुुन बमोजिम कारवाही गर्न प्रहरीसँग जोडदार माग गर्दछौं ।

साथै, फोनिज संघीय समिति आक्रमणपछि घाइते हुनभएका सल्लाहकार चौधरीको सीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

२८ साउन २०७७

मिलन लिम्बू
संगठन सचिव

adv
Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु