adv

झापाको मेचीनगर आज राति १२ बजेदेखि भदौ ३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय

मेचीनगर, २८ साउन । झापाको मेचीनगर नगरपालिकाले आफ्नोक्षेत्रभित्र सातदिनका लागि लकडाउनको घोषणा गरेको छ ।

बुधबार एकैपटक समुदायस्तरमा एक चिकित्सकसहित चारजनामा नोवल कोरोना भाइसको संक्रमण फेला परेपछि श्रावण २८ गते रातको १२ बजेदेखि २०७७ भाद्र ३ गते रातको १२ वजेसम्म संक्रामक रोग ऐन, २०२० को दफा २ अनुसार लकडाउन घोषणा गरिएको नगरप्रमुख विमल आचार्यले जानकारी दिए ।

नगरप्रमुख आचार्यका अनुसार बुधबार दिउसो नगरपालिकाको नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलले नगरका विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख प्रतिनिधि सुरक्षाकर्मीसँग छलफल गरी लकडाउन घोषणा गरेको हो ।

नगरपालिकाको निर्णय अनुसार नगर भित्रका अत्यावश्यक सेवा वाहेकका सवै प्रकारका उद्योग, व्यवसाय, सेवा, शैक्षिक संस्था, कार्यालय, व्यापार, होटल, पसल र सपिङ मल वन्द गर्ने । त्यस्तै मेचीनगर भित्र अत्यावश्यक र मालवाहक वाहेकका सवै सवारी साधन संचालन नगर्ने निर्णय गरेको नगरप्रमुख आचार्यले बताए  ।

विशेष कार्यका लागि प्रयोग गरिने सवारी साधन नगरपालिकाले उपलब्ध गराएको पास लिएर मात्र चलाउन सकिने छ । वित्तिय संस्थाहरुको हकमा नेपाल सरकारले तोकेको मापदण्ड वमोजिम संचालन गर्न सकिने नगरपालिकाले निर्णय गरेको छ । धार्मिक, सांस्कृतिक र अन्य मृत्यु संस्कार लगायतका कार्यमा भिडभाड नगर्ने र मलामीमा अधिकतम २५ जनामात्र सहभागि हुन पाउने समेत नगरपालिकाले निर्णय गरेको मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।

डेरी, खाद्यन्न तथा सागसब्जी पसल पूर्ण स्वास्थ्य सुरक्षण विधि अवलम्वन गरी विहान ८ः०० वजे देखि विहान १०ः०० वजेसम्म मात्र संचालन गर्ने ।
अस्पताल र अन्य स्वास्थ्य सेवासँग सम्वन्धित क्षेत्रहरु पुर्ण स्वास्थ्य सुरक्षा बिधि अपनाएर नियमित रुपमा सञ्चालन गर्न सकिने नगरपालिकाले निर्णय गरेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु