adv

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुग्यो,बुधबार थप ४८४ जना संक्रमित थपिए

काठमाडाैँ,२८ साउन । नेपालमा बुधबार थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १०९, ललितपुरका २१, भक्तपुरका ८, झापाका १०, मोरङका ४८, रौतहटका २४, सुनसरीका १५, इलामका १, ताप्लेजुङका १, सप्तरीका ५, सिरहाका १०, धनुषाका ३९, महोत्तरीका ४४, गोर्खाका २, नुवाकोटका २, सर्लाहीका ६, बैतडीका २, चितवनका १५, तनहुँका २, बाराका १५, मकवानपुरका १६, दोलखाका २, काभ्रेका ५, कैलालीका ३ र पर्साका ३ जनामा कोरोना पुष्टि छ।

यस्तै सिन्धुलीका २, बाँकेका १, दाङका १, ओखलढुङ्गाका १, रामेछापका १, जाजरकोटका १, कपिलवस्तुका १,  खोटाङका १, पाल्पाका १, धादिङका २, कास्कीका १३, स्याङ्जाका ६, अर्घाखाँचीका ३, रुपन्देहीका ८, रुकुमका ३, सल्यानका १, सुर्खेतका १८, दैलेखका ४, डोटीका २, दार्चुलाका ५ र कञ्चनपुरका ३ जनामा संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरसको संक्रमण निको भएर थप ६४ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु