adv

सवारी पास बन्द गर्ने गृह मन्त्रालयको निर्णय

काठमाडौँ,२८ साउन । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले हाल जारी गर्दै आएको सवारी पास बन्द गर्ने निर्णय गरेको छ।

 भोलिदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयले  सवारी पास बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।

नेपालमा पछिल्लो समय कोरोना भाइरसकाे संक्रमण बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ। बुधबार मात्रै देशभर ४ सय ८४ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये १ सय ३८ जना काठमाडाैँ उपत्यकाका मात्रै छन्।

कोरोनाको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सवारी पास बन्द गरेको गृहमन्त्रालयले जनाएको छ। हाल जिल्ला भित्र सवारीसाधन सञ्चालन भइरहेका छन्। तर एक जिल्लाबाट अर्काे जिल्लामा जान सवारी पास लिनु पर्ने व्यवस्था छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु