झापा, ३० साउन । झापामा आज शुक्रबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु दमक नगरपालिकामा विद्युत कर्मचारीसहित ६ जना छन् । यसैगरी सशस्त्र प्रहरी कार्यालय भद्रपुरमा कार्यरत दुई जना पुरुष प्रहरीमा संक्रमण देखिएको छ ।
त्यस्तै भारतबाट फर्किएर स्थानीय क्वारेन्टिनमा बसेका शिवसताक्षी नगरपालिकाका १ जना पुरुषमा संक्रमण देखिएको छ ।
संक्रमित मध्ये दमकका दुई जना, भद्रपुरका दुई र शिवसताक्षीका एक जनालाई मेची अञ्चल अस्पताल भद्रपुरमा र अन्यलाई स्थानीय आइसोलेसनमा उपचार गरिने स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।
झापामा यो सँगै संक्रमितको संख्या ४ सय २९ पुगेको छ भने उपचारपछि निको भएर फर्कनेको संख्या ३ सय ७२ पुगेको छ ।