विराटनगर, ३० साउन । प्रदेश नम्बर १ मा शुक्रबार ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८२१ पुगेको छ ।
संक्रमितहरुमा मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै प्रदेश १ बाट आज शुक्रबार ३५ जना डिस्चार्ज भएका छन् । मेची अस्पताल झापाबाट १७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज भएकाहरु झापाका १५, मोरङका १४, इलामका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ ।