बिर्तामोड,३१ साउन । झापाको बुट्टावारीमा शुक्रवार साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामकाे रोङ गाउँपालिका–५ का ४४ वर्षीय जसबहादुर सुनुवार छन् ।
साइकलमा सवार सुनुवारलाई मे १ ह ३४९५ नम्वरको टेम्पोले ठक्कर दिएको थियो । घाइते अवस्थाका सुनुवनरको उपचारका लागि ल्याउँदै गर्दा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
घटनापछि टेम्पो चालक भद्रपुर–२ का तिलकबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।