adv
adv

आस्था राउतको गीत ‘फाट्यो नि माइतीको चिनो’को भिडियो सार्वजनिक( भिडियोसहित )

काठमाडौं । गायिका आस्था राउतको गीत ‘फाट्यो नि माइतीको चिनो’को भिडियो सार्वजनिक भएको छ । माइती र चेलीको सम्बन्धलाई प्रस्तुत गरिएको गीतको भिडियो बिहिबार आस्थाकै अफिसियल युट्युब च्यानल “आस्था राउत” मार्फत  सार्वजनिक गरिएको हो ।

गीतमा माइती घर छोडेर पराइघर गएकी छोरीले माइतीलाई लामो समय भेट्न नपाउँदाको बेदनालाई समेटेको छ । माइतीको अभावमा माइतीले दिएको चिनो हेरेर चित्त बुझाइरहेकी चेलिले त्यो पनि गुमाउनु पर्दाको पीडालाई मार्मिक रुपमा समेटिएको गीतको भिडियोमा दिया मास्के र मनोज जोशी फिचर्ड छन् ।

भिडियोको  निर्देशन शान थापाले गरेका छन् । अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

आस्था राउतको स्वर रहेको गीतमा संगीत तथा शब्द रचना सुरेश अधिकारीको छ ।

आस्थाले महिलाहरुको विशेष चाड “हरितालिका तिज” को शुभ अवसरमा यो गीत  उपहार स्वरुप पस्किएको बताएकी छिन । ( भिडियो )

 

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु