adv

शनिबार मध्यरातदेखि १ हप्तासम्म दमक बजार पूर्ण रुपमा बन्द गर्ने निर्णय

दमक, ३१ साउन । झापाको दमक नगरपालिकाले आज शनिबार  मध्यरातदेखि १ हप्तासम्म दमक बजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षयतामा शनिवार बसेको बैठकले शनिबार मध्यरातदेखि १ हप्तासम्म दमक पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले औषधि पसलबाहेक खाद्य साथै तरकारी पसल, बैंक, वित्तिय संघसंस्था पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । दुध डेरी भने विहान ६ बजेदेखि ९ बजेसम्म खुल्ला हुनेछन् । तेस्तै लकडाउन अवधिमा एम्बुलेन्स, प्रहरीको गडी, प्रेसको गाडी देखी बाहेक सबै यातायातका साधनहरु  बन्द रहने छन् ।

आगामी भदौ ६ गते सम्म अत्याबस्यक काम बाहेक घर बाहिर निस्कन नपाईने, एम्बुलेन्स बाहेकका सवारी साधनले बिरामी बोक्न परे सम्बन्धित वडाबाट सिफरिस लिनु पर्ने, सिटि सफारी, मोटर साईकल कुनै सवारी साधन सञ्चालन गर्न पाइने छैन ।

यसैगरी शनिबार विहान उद्योग वाणिज्य संघ दमकले पनि अर्को सूचना नआउनजेलसम्म बजार बन्द गर्ने  निर्णय गरेको अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए ।

दमकमा शुक्रबार एकैदिन  ७ जनामा कोरोना संक्रमण देखिएको थियो ।  ब्यवसायीहरुमा र समुदायमा कोरोना संक्रमण देखिएपछि यस्तो  निर्णय गरिएको हो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु