adv

नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या २६ हजार नाघ्यो

झापा,३१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार १९ पुगेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार चितवनका ९, बाँकेका ११, बर्दियाका १४, काठमाडौँका ८०, ललितपुरका ९, भक्तपुरका ९, धनुषाका २७, काभ्रेपलाञ्चोकका ९, रामेछापका ३, मोरङका ६५, सप्तरीका २, सिरहका ५, सुनसरीका १९, तेह्रथुमका १, बझाङका १ र डडेल्धुराका १ जनामा कोरोना पुष्टि भएकाे छ।

यस्तै दोलखाका ५, उदयपुरका २, कपिलवस्तुका ३२, नवलपरासी पूर्वका २, बाराका २, पर्साका २४, खोटाङका ६, रसुवाका १, सर्लाही ५४, कास्कीका ११, दैलेखका ३, सुर्खेतका ५, गुल्मीका १, रुपन्देहीका २, महोत्तरीका ९, बाग्लुङका २, गोरखाका १, स्याङ्जाका १, तनहुँका २, दाङका ११, सिन्धुलीका १, मकवानपुरका २१ र रौतहटका ४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयल जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १२४ जना कोरोना संक्रमित डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय १ पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु