adv

प्रदेश नम्बर १ मा आज थप १०३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, ३२ साउन । प्रदेश नम्बर १ मा आज थप १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरु मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज विराटनगर महानगरपालिकामा आज ८६ जनामा कोरोनो पुष्टि भएको छ । संक्रमित मध्ये ३२ महिला र ५४ पुरुष रहेका छन्।

यस्तै बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयकाले जनाएको छ  । खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दुई हजार १० पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु