adv

नेपालमा ६४१ जना कोरोना संक्रमित थपिए, १३४ जना डिस्चार्ज भए

झापा,३२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार ६ सय ६० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १२६, ललितपुरका ३८, भक्तपुरका ८, चितवनका २७, मोरङका १००, बाँकेका १०, बर्दियाका ३, दाङका ४, पर्साका ६४, सप्तरीका ११, सिरहाका ३, नुवाकोटका १, सिन्धुलीका १, जुम्लाका १, रुकुमका १, इलामका १, सुनसरीका १, कपिलवस्तुका २, नवलपरासीका १०, सर्लाहीका १, बाराका ६९ र रौतहटका १३ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै रुपन्देहीका ५८, कास्कीका ११, तनहुँका ५, मकवानपुरका १, सुनसरीका १, धनुषाका ३७, महोत्तरीका ८, रौतहटका १,   बाग्लुङका १, पर्वतका १, रोल्पाका २, कञ्चनपुरका ५, झापाका १, सर्लाहीका १, कैलालीका ३, लमजुङका १ र ताप्लेजुङका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएका छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १३४    जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै अहिलेसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ३ सय ३५ पुगेको छ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २२१ रहेको छ । मन्त्रालयका अनुसार आजसम्म देशभर १५ हजार २४३ जना क्‍वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा १२ हजार २४७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Advertise Expired !

One thought on “नेपालमा ६४१ जना कोरोना संक्रमित थपिए, १३४ जना डिस्चार्ज भए

Leave a Reply

सम्बन्धित शीर्षकहरु