adv
Advertise Expired !

म्यान्चेष्टर युनाइटेडलाई हराउँदै सेभिल्ला युरोपा लिगको फाइनलमा

काठमाण्डौ ,१ भदौ । युरोपा लिग फुटबलको फाइनलमा सेभिल्ला प्रवेश गरेको छ ।

गएराति २-१ गोल अन्तरले म्यान्चेष्टर युनाइटेडलाई हराउँदै सेभिल्लाले फाइनल यात्रा तय गरेको हो ।

ब्ररुनो फर्नान्डेजले नवौं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए । मार्कुस रासफोर्डलाई डिएगो कार्लोसले फल गरेपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो ।

सेभिल्लाका लागि फर्नान्डेज सुसोले २६ औै मिनेटमा खेल बराबरीमा ल्याए । पहिलो हाफ बराबरी भए पनि खेलको ७८ औं मिनेटमा डी जोङले सेभिल्लाका लागि विजयी गोल गरे ।

अब म्यान्चेष्टर युनाइटेडको यस सिजनको ठूलो उपाधि जित्ने सम्भावना सकिएको छ । सेभिल्लाले उपाधिका लागि अब सख्तर डोनेस्क र इन्टर मिलानबीचको विजेतासँग खेल्नेछ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु