adv

बार्सिलाेनाले प्रशिक्षक के सेटिएनलाई गर्याे बर्खास्त

काठमाडौं । स्पानियस जायन्ट बार्सिलोनाले प्रशिक्षक के सेटिएनलाई बर्खास्त गरेको छ । च्याम्पियन लिगकाे क्वाटरफाइनलमा जर्मनी क्लब बायर्न म्यूनिखसँग ८-२ काे फराकिलाे गाेलअन्तरले हारेपछि सेटिएन बर्खास्तमा परेका हुन् ।

गत जनवरीमा बार्सिलाेनाले एर्नेस्टो भेलभेर्डेलाई बर्खास्त गर्दै सेटिएनलाई प्रशिक्षक बनाइएको थियो । तर, उनले स्पानि ला लिगा र च्याम्पियन्स लिग दुवैमा नतिजा लज्जास्पद हार अाएकाे थियाे ।

बार्सिलोनाका प्रशिक्षक वफसेफ मारिया बार्तामेउले सेटिएन बाहिरिएको टेम्पो डि जुएगासँगको कुराकानीमा बताएका हुन् । उनले भनेका छन्, ‘सेटिएन इज आउट ।’

यसबारे क्लबले आधिकारिक रुपमा सार्वजनिक गरिसकेको छैन ।

अब सेटिएनको स्थानमा नेदरल्याण्ड्सको प्रशिक्षक रोनाल्ड कोएमन, टोटनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनो र अल शादका मध्ये एक जना प्रशिक्षक बन्ने चर्चा छ ।
कोएमन बार्सिलोनाका पूर्व खेलाडी समेत हुन् । यस्तै पोचेटिनोले ला लिगाकै स्पानयोलको प्रशिक्षण सम्हालिसकेका छन् भने जाभी पनि बार्सिलोनाका पूर्व मिडफिल्डर हुन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु