काठमाडौँ ,१ भदौ । नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ। आइतबार सुनको मूल्य तोलामा ९८ हजार ४ सयमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै तेजाबी सुनको मुल्य पनि तोलामा २ सय रुपैयाँले नै घटेर ९७ हजार ७ सयमा कारोबार भइरहेको छ।
यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।