adv

इलामको सूर्योदय नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ

इलाम,१ भदौ । इलामको सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टिनमा मृत्यु भएको युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोभिड फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए।

साउन २६ मा भारतको हैदरबादबाट आएर क्वारेन्टाइनमा बस्दै आएको सूर्योदय–९ का २२ वर्षका युवाको आइतबार राति मृत्यु भएको थियो। । उनको साउन गत २९ गते स्वाब परीक्षणका लागि पठाइएको थियो।

ती युवामा छाती दुख्ने, ज्वरो आउने र स्वास फेर्न समस्या हुँदै आएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु