adv
Advertise Expired !

झापाको  शिवसताक्षी नगरपालिका पनि एक हप्ता सम्म लकडाउन हुने

झापा,१ भदौ । झापाको  शिवसताक्षी नगरपालिका पनि एक हप्ता लकडाउन हुने भएको छ ।

आज कार्यपालिकाको कार्यालयमा सम्पन्न बैठकले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी एक हप्ता अर्थात भदौ ८ गते सम्म आंशिक रुपमा लकडाउन  गर्ने निर्णय गरेको हो ।

शिवसताक्षी नगरमा यसअघि साप्ताहिक हाट बजार नगरस्तरीय समन्वय समितिले बन्द गर्ने निर्णय गरेको थियो ।

 खाद्यन्न लगायत अन्य आवश्यकीय वस्तुको खरिदका लागि बिहान आंशिकरुपमा खुकुलो पारिने छ भने नगरपालिकाको बन्दा बन्दि अवधिभर सामुदायिक विद्यालय पनि बन्द गर्ने निर्णय भएको छ ।

विद्यालयमा पठनपाठन नभएपनि शिक्षकहरु विद्यालयमा आउने जाने गरेका थिए । नगरपालिकाले आफ्ना कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाइ अनिवार्य परिचयपत्र साथमा लिएर मात्र कार्यक्षेत्रमा खटिन आग्रह गरेको छ ।

नगरपालिकाका प्रवक्ता नविन इजमका अनुसार लकडाउन अवधिभर नगरभित्रका बजारमा औषधि पसल बाहेक अन्य पसलहरू सञ्चालन गरे कारवाही गरिने छ । र लकडाउ अवधिभर नगरवासीलाई बिनाकारण घर बाहिर ननिस्कन नगरकार्यपालिका ले पनि अनुरोध गरेको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु