झापा,१ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमका अनुसार जसमा १७३ जना महिला र ४०८ जना पुरुष रहेका छन्।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २७ हजार २ सय ४१ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा १६० जना डिस्चार्ज भएका छन् । यससँगै अहिलेसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ४ सय ९५ पुगेको छ।
र मृतक संख्या १०७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २० जनाको पीसीआर परीक्षण गरिएको छ। हाल क्वारेन्टिनमा १५ हजार १ सय ९८ जना रहेका छन्।