काठमाडौँ, २ भदौ । नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवास गिरी कोरोना सङ्क्रमणका कारण मङ्गलबार बिहान निधन भएको छ ।
उनी ३८ वर्षका थिए । ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा गिरीको निधन भएको जानकारी कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए ।
पार्टी समायोजनको क्रममा गिरी असार २९ गतेबाट सो जिल्लाको कांग्रेस उपसभापति भएका थिए ।