adv

कांग्रेसका जिल्ला उपसभापतिको कोरोनाका कारण मृत्यु


काठमाडौँ, २ भदौ
। नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवास गिरी कोरोना सङ्क्रमणका कारण मङ्गलबार बिहान निधन भएको छ ।

उनी ३८ वर्षका थिए । ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा गिरीको निधन भएको जानकारी कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए ।

पार्टी समायोजनको क्रममा गिरी असार २९ गतेबाट सो जिल्लाको कांग्रेस उपसभापति भएका थिए  ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु