adv

सुनको भाउ २२ सयले बढ्यो, प्रतितोला १ लाख बढी

काठमाडौँ ,२ भदौ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। लगातार दुई दिन सामान्य गिरावट आएको सुनको मूल्यमा मंगलबार तोलामा २२ सय बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २२ सयले बढेर सुनको मूल्य प्रतितोला एक लाख ४ सयमा कोरोबार भइरहेको छ।

त्यस्तै तेजावी सुनको मूल्य प्रति तोला ९९ हजार ९ सयमा कारोबार भइरहेको छ।

महासंघका अनुसार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर १ हजार ३८० मा कारोबार भइरहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु