झापा, २ भदौ । झापामा आज मंगलबार थप २० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
संक्रमित हुनेहरुमा जिल्ला प्रहरी कार्यलय झापाका १ जना प्रहरी सहित २० जना रहेका छन् ।जसमा १८ जना पुरुष र दुई जना महिला रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार आज थपिएका संक्रमितहरु दमकका ८ पुरुष र १ महिला, झापा र मेचीनगरका २/२ पुरुष , कन्काईकी १ महिला, बिर्तामोड, भद्रपुर, अर्जुनधारा, बुद्धशान्ति र कमलका १/१ जना पुरुष रहेका छन् ।
थपिएका १२ जना स्थानीय , एकजना साउदीबाट र सात जना भारतबाट आएको चम्लागाईले बताए । मेचीनगरका दुईजना मेची अस्पताल भद्रपुरको आइसोलेसनमा रहेको समेत उनले जानकारी दिए ।
आज थपिएका २० जना सँगै झापामा कोरोना संक्रमितको संख्या ४ सय ५६ पुगेको छ । सजिलोखबरबाट