adv
adv

प्रदेश–१ मा १३९ जना कोरोना संक्रमित थपिए ,३४ जना डिस्चार्ज भए

झापा,२ भदौ  । प्रदेश एकमा आज मंगलबार एकैदिन १३९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार झापाको २० जनामा यस्तै झापाको दमकमा ७ पुरुष, भद्रपुरमा १ महिला र ५ पुरुष, झापा गाउँपालिकामा २ पुरुष, कनकाईमा १ महिला र झापाको स्थानीय तह नखुलेका ४ जना पुरुष रहेका छन् ।

यस्तै  मोरङमा १०५, , सुनसरीमा ६, संखुवासभामा ३ पुरुष, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ जना संक्रमित भएका छन् । जसमा ३१ महिला र ६५ पुरुष छन् । बुढीगंगामा २ महिला र ३ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यसैगरी सुनसरीको इटहरीमा १ महिला र २ पुरुषमा संक्रमण देखिएको छ भने धरानमा २ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको छ । संखुवासभाको सभापोखरीका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उदयपुरको बेलका र त्रियुगामा १–१ पुरुष, पाँचथरको कुम्मायकमा १ महिला र धनुषाका १ महिला र महोत्तरीका १ महिलामा संक्रमण देखिएको छ ।  योसंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार २३२ पुगेको छ ।

यस्तै प्रदेश १ बाट आज ३४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १६ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरङका २०, सुनसरीका १२ र झापाका २ जना छन् ।

यो संगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ३३ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु