adv

पिएसजी पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा

काठमाण्डाै ,३ भदौ । च्याम्पियन्स लिग फुटबलको फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेको छ । राति भएको खेलमा आरबी लेइप्जिङलाई ३ -० ले  हराउँदै पीएसजी फाइनलमा पुगेको हो ।

युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो लगानीकर्ता पीएसजीले स्थापनाको लामो समयपछि पहिलो पटक सफलता प्राप्त गरेको हो ।

यसका लागि उसले अर्जेन्टिनी खेलाडी एन्जेल डि मारियाको उत्कृष्ट प्रदर्शनमा आरबी लाइपगिजलाई सजिलै ३–० ले हरायो । पहिलो हाफमा पीएसजीले २–० को अग्रता लिएको थियो ।

त्यसमा मारक्विन्हो र डि मारियाले गोल गरे । दोस्रो हाफमा जुवान बर्नाटले तेस्रो गोल गरे र पीएसजीले इस्टाडियो डा लुइजमा आरामदायी जित निकाल्यो ।

मंगलबार रातिको खेलमा पिएसजीलाई जिताउन नेइमारको भूमिका महत्वपूर्ण रह्यो । उनले गोल नगरे पनि गोलका लागि अवसर सिर्जना गरे । डी मारियाको गोलका लागि नेइमारले सहयोग गरेका हुन् ।

अब पीएसजीले उपाधिका लागि बायर्न म्युनिख र लियोनबीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । बायर्न म्युनिख र लियोनको खेल आज राति हुनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु