adv

कनकाईको कोटीहोममा निर्मित पिसिआर ल्याबले सञ्चालनको अनुमति पायो

बिर्तामोड, ३ भदौ  । एकका लागि एक अभियानले झापा कनकाईको समर्पण भवनमा स्थापना गरेको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याबले स्वीकृति पाएको छ ।

कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार मेची अञ्चल अस्पतालको मातहतका रहनेगरी ल्याब सञ्चालनमा आउने भएको हो । अभियानले ल्याब स्थापना गर्नुअघि नै अस्पताललाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेची अस्पतालकै मातहतमा ल्याब सञ्चालनका स्वीकृति दिएको हो । अभियानले जनस्तरबाट एक करोड रुपैयाँ संकलन गरेर ल्याब स्थापना गरेको हो । सो ल्याबले २४ घण्टामा ४५० परीक्षण क्षमता राख्ने बताइएको छ  ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु