adv
Advertise Expired !

देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाण्डौ ,४ भदौ । देशभर आज पनि कतै-कतै ठूलो पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।

आज दिउँसो देशभरिकै मौसम सामान्यतया बदली भई धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार वाग्मती  प्रदेश, गण्डकी  प्रदेश, कर्णाली  प्रदेश र सुदूरपश्चिम  प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने  सम्भावना छ ।

यस्तै आज राति देशभरिकै मौसम सामान्य बदली भई वाग्मती प्रदेश, गण्डकी  प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी परे पनि अरु प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने उनको अनुमान छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु