adv
Advertise Expired !

रौतहटमा गोली हानी एक जनाको हत्या

रौतहट ,४ भदौ । रौतहटमा गोली हानेर एक जनाको हत्या गरिएको छ ।

माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी ६५ वर्षका श्रीराम साहको हत्या भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोका अनुसार हिजो बेलुकी खाना खाइरहेको बेला नचिनेको मान्छेको समूहले कन्चटमा गोली हानेर पुजारीको हत्या गरेका हुन् ।

प्रहरीले घटनाको अनुसन्धान थालेको पनि उनले बताए ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु