adv

सुनको भाउ तोलामा १६ सय रुपैयाँले घट्यो

काठमाडौँ ,४ भदौ । सुनको मूल्य बिहीबार केही घटेको छ। बुधबार यथावत रहेको छापावाला सुनको मूल्य तोलामा १६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन बिहीबार तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य पनि बिहीबार तोलामा १६ सय रुपैयाँले घटेर ९८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य तोलामा ९९ हजार नौ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु