adv
Advertise Expired !

विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या १ करोड ५३ लाख ८ हजारभन्दा बढी

काठमाडौं,४ भदौ । विश्वभर कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ करोड ५३ लाख ८ हजार ६०२ पुगेको छ।

यस्तै २ करोड २५ लाख ८५ हजार २२७ जना संक्रमित भएका छन भने ७ लाख ९१ हजार ७७ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ५७ लाख १ हजार १६२ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ७६ हजार ३४२ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा ३४ लाख ६० हजार ४१३ जना संक्रमित भएकोमा १ लाख ११ हजार १८९ जनाले ज्यान गुमाएका छन्।

यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ २८ लाख ३७ हजार ७४९ जनामा संक्रमण भएकोमा ५४ हजार ४ भन्दा धेरैको ज्यान गएको छ।

रसियामा ९ लाख ३७ हजार ३२१ जना संक्रमित भएका छन् भने १५ हजार ९८९ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ३ लाख ८७ हजार ९८५ संक्रमित भएकोमा २८ हजार ७९७ जनाले ज्यान गुमाएका छन्।

बेलायतमा ३ लाख २१ हजार ९८ संक्रमित भएकोमा ४१ हजार ३९७ जनाको मृत्यु भइसकेको छ।

पेरुमा संक्रमितको संख्या ५ लाख ५८ हजार ४२० छ भने २६ हजार ८३४ जनाको मृत्यु भइसकेको छ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु