झापा,४ भदौ । प्रदेश १ मा आज झापाका एक जनासहित पछिल्लो २४ घण्टामा ४२ जना कोरोना संक्रमित थपिएका छन्। थपिएकामा १३ महिला र २९ पुरुष छन्।
सामाजिक विकास मन्त्रालयका अनुसार झापा गौरीगञ्जका १ जना.सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३ र धनकुटाका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। र प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको छ।
सुनसरीको धरानमा ३ महिला ३ पुरुष, कोशी गाउँपालिकामा ४ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष, मोरङको बुढीगंगामा २ महिला २ पुरुष, सुन्दरहरैचामा १ महिला ५ पुरुष, तेह्रथुमको म्याङलुङमा ३ महिला ६ पुरुष, उदयपुरको त्रियुगामा १ महिला ३ पुरुष र धनकुटाको शहिदभूमी १ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार महोत्तरीका २ महिला १ पुरुष, धनुषा र जनकपुरका १–१ पुरुष र सिरहाका १ महिलामा कोरोना संक्रमण देखिएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ। प्रदेश १ बाट विहिबार १८ जना डिस्चार्ज भएका छन्। कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ जना डिस्चार्ज भएका छन्।