झापा ,४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १९२ महिला र ५१५ पुरुष रहेका छन् । यो संगै कुल संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका ४, झापाका १, तेह्रथुमका ९, धनकुटाका १, मोरङका ९, सुनसरीका १३, धनुषाका ३१, पर्साका ५५, बाराका ८, महोत्तरीका १५, रौतहटका ६, सप्तरीका १९, सर्लाहीका ९३, सिरहाका २१, काभ्रेका १, चितवनका १, दोलखाका २, धादिङका २, नुवाकोटका ३, मकवानपुरका २५, सिन्धुपाल्चोकका १, सिन्धुलीका १ र कास्कीका १९ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै गोरखाका १, तनहुँका २, नवलपरासीका ३, बागलुङका ८, स्याङ्जाका १, कपिलवस्तुका ३०, गुल्मीका ६, दाङका ८, प्यूठानका १, बर्दियाका २, बाँकेका १६, रुपन्देहीका १८, रोल्पाका १, कालिकोटका १, जाजरकोटका १, दैलेखका १९, रुकुमका १, सल्यानका १, सुर्खेतका १, अछामका ३१, कैलालीका १, डडेल्धुराका २, डोटीका १६, दार्चुलाका १, बझाङका १ तथा बैतडीका १ जनामा कोरोना संक्रमण भएको हो।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेकाे छ।
पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको छ। देशभर ११ हजार ७ सय ६८ जना क्वारेन्टिनमा रहेका छन्।
बिहीबार देशभर ११ हजार ५ सय ५५ सक्रिय संक्रमित रहेका छन्।