adv
Advertise Expired !

आज नायिका रेखा थापा र गायक रामकृष्णको जन्मदिन

झापा,५ भदौ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाको आज जन्मदिन परेको छ । उनी वि सं २०३९ भाद्र ५ गते मोरङ सलकपुरमा जन्मिएकी हुन् ।

रेखा अभिनेत्रीको साथै सफल निर्देशक र निर्मात्री पनि हुन् ।  । चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी रेखाले हालसम्म धेरै चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

उनका मितिनी, धड्कन, हामी तीन भाई, कर्णवीर, दुर्गा, देवर बाबु, कस्ले र्चोयो मेरो मन, हिम्मतवाली, किस्मत, तथास्तु, मालिका, लगायतका चलचित्र चर्चामा छन् । उनी धेरैजसो चलचित्रमा एक्सन अवतारमा देखिएकी छिन् ।

 

यसैगरी आज नै  सदावहार गायक रामकृष्ण ढकालको पनि जन्मदिन परेको छ। जन्मदिनको अवसरमा उनलाई बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ ।

सात बर्षको उमेरदेखी नै गीत गाउन शुरु गरेका उनले हालसम्म सैयौ गीत गाएर दर्शकको मन जित्न सफल भैसकेका छन् । उनले आशिर्बाद नामक एल्बम मार्फत नेपाली म्युजिक इन्डस्ट्र«ीमा पाईला टेकेका हुन् ।

उनको ओराली लागेको, पहाडको छुक छुके रेल,मलाई यो जिन्दगीले ,हिरा काट्ने हिरैमा राखेर लगायतका लोकप्रिय गीतहरु धेरैले रुचाइरहेका छन् ।

उनले आफ्ना लोकप्रिय गीतहरुकै कारण  दर्जनौ पुरस्कारले पुरस्कृत भैसकेका छन् । उनी अहिले  गायन प्रतिभाहरुको खोजी गर्ने प्रतियोगिता ‘नेपाल स्टार’ मा निर्णायकको भूमिका निभाइरहेका छन् ।

रामकृष्ण र रेखालाई हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना ।

 

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु