झापा,४ भदौ । झापाको मेची अस्पताल भद्रपुरमा उपचाररत १३ जना कोरोना भाइरसका संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
बिहीबार साँझ उनीहरूलाई डिस्चार्ज गरिएको मेची अस्पतालका फिजिसियन डा. गोविन्द कँडेलले जानकारी दिए।
डिस्चार्ज हुनेमा सबै झापाका स्थानीय तहहरु मेचीनगरका ३, अर्जुनधाराका २, भद्रपुरका २, दमकका ४ र विर्तामोडका एक जना डिस्चार्ज भएका हुन्।
केही दिन अघि मेची अस्पतालबाट १७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका थिए। बिहीबार १३ जना डिस्चार्ज भएपछि उक्त अस्पतालको आइसोलेसनमा १० जना उपचाररत रहेको डा. कँडेलले बताए।

